दफा
खाली खाल्सा खाली स्थानको पूर्ति
(१) कुनै संचालक देहायको अवस्थामा आफ्नोे पदबाट हट्नेछः– (क) लिखित राजीनामा पेश गरी नेपाल सरकारबाट स्वीकृत भएमा, (ख) कारण खुलाई समितिलाई सूचना नदिई लगातार तीन पटक सम्म समितिको बैठकमा उपस्थित नभएमा र यस्तो अनुपस्थितीको कारण नेपाल सरकारको विचारमा मनासिब नलागेमा, (ग) दफा ४ को उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिम मनोनीत संचालकहरू सम्बन्धित निकाय वा संस्थामा कार्यरत नरहेमा, (घ) कार्यावधि पूरा नहुदै निजको ठाउँमा नेपाल सरकारले अर्को व्यक्ति नियुक्त गरेमा, वा (ङ) दफा ५ मा उल्लिखित कुनै अयोग्यताको अवस्थामा परेमा । (२) बिरामी परेको वा बिदामा बसेको वा अन्य कुनै कारणबाट केही समयको लागि अध्यक्ष वा कुनै संचालकले समितिको काम चलाउन नसक्ने भएमा सो समयको लागि काम चलाउन निजको ठाउँमा नेपाल सरकारले अर्को व्यक्तिलाई अस्थायी नियुक्ति गर्न सक्नेछ ।